सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ


पालिका पत्र

8 July, 2026 6:20 am मा प्रकाशित

असार २४, उदयपुर ।

उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गरिदिने बहानामा ठगी तथा चोरी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका गोविन्द साह र सचिन साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले ग्रामीण महिलालाई सुनका गहना सफा गरिदिने भन्दै विश्वासमा पारेर गहना चोरी गरेका थिए। स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा समेत यही बहानामा सुन चोरी गरेपछि पीडितले प्रहरी चौकी उदयपुरगढीमा जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्