धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ


पालिका पत्र

11 September, 2026 12:33 am मा प्रकाशित

काठमाडौँ
धितोपत्रसम्बन्धी कसुरमा सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० राजकुमार अर्याल पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उनलाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अर्यालले कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरकफरक देखिएको उल्लेख छ।

उक्त काम धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिएकाले पक्राउ गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्