लागू औषध करोबारी माथि कठोर बन्दै प्रहरी


पालिका पत्र

21 November, 2024 11:11 am मा प्रकाशित

कपिलवस्तु, मंसिर ०६ । कपिलवस्तु प्रहरीले सीमापारिबाट भित्रने लागू औषध नियन्त्रणमा आक्रामक रणनीति अपनाएको छ। खुला सीमाको फाइदा उठाउँदै औषधिजन्य लागू औषध तथा खैरो हेरोइनको कारोबार गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी सफल भएको छ। पछिल्लो तीन महिनामा मात्रै कृष्णनगर प्रहरीले लागू औषध कारोबारमा संलग्न १९ जनालाई पक्राउ गरेको छ।

नेपाल- भारत खुला सीमामा शंकास्पद गतिविधिमा सूक्ष्म निगरानी गर्दै प्रहरीले स्थानीय युवा र बासिन्दालाई समेटेर कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार, २५ वर्षमुनिका युवाहरूको संलग्नता बढी देखिएको छ।

विशेष अभियानका रूपमा सञ्चालन गरिएको निगरानीका कारण हालसालै प्रहरीले १३ हजार ट्रामाडोल लागू औषध सीमा क्षेत्रमा नियन्त्रण गरेको छ।

प्रहरी प्रवक्ता मोहनमणि अधिकारीले भारततर्फ खुला रूपमा विक्री भइरहेका प्रतिबन्धित औषधिहरूका कारण समस्या थपिएको र यसलाई सीमा सुरक्षा बैठकमा उठाउने बताए।

प्रतिक्रिया दिनुहोस्