पालिका पत्र

11 September, 2026 1:25 am मा प्रकाशित

स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी
अस्पतालको व्यवस्थापकीय कमजोरी र झन्झटिलो प्रक्रियाका कारण बोझ बन्दै गएको गुनासो बिरामीले गर्दै आएका छन् ।
स्वास्थ्य बिमा कार्यक्रम, जसको उद्देश्य नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु थियो, त्यही कार्यक्रम भैरहवास्थित भीम अस्पतालमा भने बिरामीका लागि सास्ती बनेको छ ।

सरकारले लाखौँ नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन ल्याएको यो सुविधा अस्पतालको व्यवस्थापकीय कमजोरी र झन्झटिलो प्रक्रियाका कारण बोझ बन्दै गएको गुनासो बिरामीहरूले गरेका छन् ।
अस्पतालमा स्वास्थ्य बिमा प्रयोग गरी उपचार गराउन आउने बिरामीका लागि सबैभन्दा ठुलो समस्या हो, लामो लाइन र पालो कुर्नुपर्ने बाध्यता ।

घन्टौँ लाइनमा बस्नुपर्दा पालो आउनुअघि नै बिरामीहरू थकित हुने र अझ बढी अस्वस्थ महसुस गर्ने गरेका छन् । भैरहवाकी राम कुमारी विश्वकर्माले भनिन् “बिहानैदेखि लाइनमा बसेको, दिउँसोसम्म पालो आएको छैन । सामान्य उपचारका लागि पनि यति धेरै समय कुर्नुपर्छ भने यो सुविधा कसरी भयो  बरु घरमै बसेको भए यति सास्ती त भोग्नु पर्दैनथ्यो ।”

स्वास्थ्य बिमाको महत्त्वपूर्ण पक्ष हो, तोकिएको औषधि निःशुल्क उपलब्ध हुनु । तर, भीम अस्पतालमा भने चिकित्सकले सिफारिस गरेका कतिपय अत्यावश्यक औषधिहरू बिमा कार्यक्रमअन्तर्गत उपलब्ध नहुने गरेको बिरामीको गुनासो छ ।

अस्पतालको फार्मेसीमा औषधि नभएको भन्दै बिरामीलाई बाहिरका महँगा फार्मेसीबाट खरिद गर्न लगाइन्छ । बिरामी कमला नेपालका अनुसार अलि महँगा औषधिहरू बाहिरबाट नै खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको छ । “ल्याबको लागि पनि पैसा, औषधिको लागि पनि पैसा तिर्नु परेपछि स्वास्थ्य बिमा गराएको के फाइदा रु” उनले प्रश्न गरिन “बिमा कार्ड देखाउँदा पनि काम लागेन ।

प्रतिक्रिया दिनुहोस्