मोतिपुर प्रगतिशील युवा क्लबको अध्यक्षमा पुनः न्यौपाने


पालिका पत्र

16 August, 2026 7:47 pm मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतिपुरस्थित मोतिपुर प्रगतिशील युवा क्लबको अध्यक्षमा शंकरप्रसाद न्यौपाने पुनः निर्वाचित भएका छन्। शनिबार सम्पन्न क्लबको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा उदय क्षेत्री, सचिवमा सन्दिप थारु, सहसचिवमा आशिका घर्ती मगर र कोषाध्यक्षमा माधव पौडेल चयन भएका छन्। सदस्यहरूमा विजय पोख्रेल, गोविन्द क्षेत्री, बसन्ता भुसाल, सुन्दर जिसी, अञ्जली थारु र कुलबहादुर थापा मगर रहेका छन्।

क्लबका अध्यक्ष शंकरप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–७ का वडा सदस्य हरिशंकर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्वासेको विशिष्ट आतिथ्यता रहेको थियो।

त्यस्तै समाजसेवी झगेश्वर अर्याल, धर्मराज भट्टराई, मोतिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव विष्णु भट्टराई अर्याल, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसी, क्लबका सल्लाहकार नारायण बेल्वासे, अनिल रानालगायतको आतिथ्यता रहेको थियो।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन मण्डलका संयोजक झगेश्वर अर्यालले बधाई तथा शुभकामना दिँदै क्लबलाई थप प्रभावकारी बनाउन नयाँ योजना र कार्यक्रमसहित अघि बढ्न आग्रह गरे।

कार्यक्रममा क्लबका सदस्य, स्थानीय युवा तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। क्लबले पछिल्लो समय स्थानीय युवाको क्षमता विकास, सामाजिक जागरण तथा सामुदायिक विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

नयाँ कार्यसमितिले युवालाई रचनात्मक तथा सामाजिक कार्यमा थप सक्रिय बनाउँदै क्लबका गतिविधिलाई विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्