लुम्बिनी प्रदेशमा भदौ २९ गते सार्वजनिक बिदा


पालिका पत्र

11 September, 2026 7:09 pm मा प्रकाशित


कपिलवस्तु, २६ भदौ । लुम्बिनी प्रदेश सरकारले आगामी सोमबार (भदौ २९ गते) सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला,कानुन,उद्योग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार बिदा दिइएको जानकारी गराएको हो ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्