मिस नेपालको फाइनल आज, बुटवलकी डा. दिलाशासहित २४ सुन्दरी ताजको प्रतिस्पर्धामा


appharu

18 June, 2022 9:07 am मा प्रकाशित

पालिकापत्र,काठमाडौं । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल–२०२२ को फाइनल आज हुंदैछ । फाइनलमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । आज बेलुका ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमामा हुने ग्रान्ड फिनालेमा ६ जना डाक्टर सहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा छन् । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

फाइनलमा बुटवलकी डा दिलाशा डोटेलसहित आयुशनोभा ढुंगाना, मेरिका बाँस्तोला, सरिषा श्रेष्ठ, यशस्वी श्रेष्ठ र गंगा गुरुङ चिकित्सक हुन् ।

अन्य प्रतिस्पर्धीहरुमा आकृति शाह, आस्रुती सुवेदी, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया र सुस्मिता बोगटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्