र्‍यापर यम बुद्धको शालिक बनाउने मेयर बालेनको निर्णयको चौतर्फी विरोध, आफ्नै घरमा बनाउन सुझाव


appharu

9 July, 2022 5:25 pm मा प्रकाशित

पालिकापत्र,काठमाडौं । काठमाडौँ महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । विरोधका स्वरहरु बढ्न थालेपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् ।

शाहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो ।

उनको यो निर्णयप्रति कलाक्षेत्रकै व्यक्तिहरुले समेत आपत्ति जनाएका थिए । शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरुको दिन शुभ रहोस् ।’
यमबुद्ध भनेर चिनिने अनिल अधिकारीले २०७३ सालमा लण्डनमा आत्महत्या गरेका थिए ।
बालेनको उक्त निर्णयको विरोध गर्दै अमेरिकामा बस्दै आएका रामप्रसाद खनालले फेसबुकमा लेखेका छन् – अस्ति भर्खर हो निर्वाचित भएर आएको । यति छिटो, जन भावनामा ठेस पुग्ने गरी, पहिला महानगर पालिकाको बजेट बाट, विरोध सुरु भए पछि ूम मेरो तलब बाट र्‍यापर यमबद्धको सालिक बनाउँछुू भनेर आफ्ना शुभ चिन्तक, मतदातालाई सामाजिक सञ्जाल मार्फत उत्तर फर्काउनु भएछ, च्यालेन्ज गर्नु भएछ, चित्त दुखाउनु भएछ मेयर बालेनजीले, यस्तो देख्दा सुन्दा दु:ख लाग्यो ।
बालेन जी, तपाईँको काठमाडौँ सपार्ने योजना र भिजनलाई हो हामीले समर्थन गरेको, काठमाडौँ बासीले त्यस कारण हो ूठुला दलू का ूठुलाू हौँ भन्ने उमेदवारहरुलाई हराएर तपाईँलाई ऐतिहासिक जित दिलाएको । तपाईँको र्‍याप सुनेर वा तपाईँ र्‍यापर यमबद्धको चेला भएर तपाइलाई काठमाडौँ बासीले मत दिएका हुँदै होइनन् है हेक्का होस । तपाईँको शुभेच्छुक भएरै, दोहोर्‍याएर भन्छु र्‍याप हाम्रो मौलिक संस्कृति हुँदै होइन । तपाईँका यम बुद्ध सालिक बनाउन योग्य र देशका लागि योगदान दिएका पात्र हुन कि होइनन् त्यसमा पनि आफै सर्भे गर्नुस् । अहङ्कारले मै हुँ भन्नेलाई बार्दली र कुना पुर्‍याएको छ देख्नु भएकै छ धेरै उदाहरणहरू । सच्चिनुहोला । जनभावना बुझ्नुहोला । होइन जिद्दी नै गर्नुहुन्छ भने, यमबद्धको मात्रै होइन भेलु बाजे र भिटेनको पनि सालिक मेरै तलब बाट बनाउँछु भन्नुहुन्छ भने हामीले भन्ने एउटै कुरा हुन्छ, त्यो हो ( तपाईँकै घर कम्पाउन्डमा बनाउनुहोला । महानगर पालिकाका सार्वजनिक स्थलमा होइन ।
सत्य तितो हुन्छ है ।

प्रतिक्रिया दिनुहोस्