प्रमुख प्रशासकीय अधिकृतको बिदाईमा बुद्धभूमिको सम्मान


appharu

२७ भाद्र २०७९, सोमबार १९:४८ मा प्रकाशित

पालिका, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीको एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

नगरपालिकामा ९ महिना बढी प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका सुवेदीको हालै सरुवा भएको छ ।

यहाँबाट सरुवा भइ योजना आयोगमा जान लागेका उनलाई कर्मचारी मिलन केन्द्र बुद्धभूमिले एक कार्यक्रमका बीच बिदाईको साथमा सम्मान गरेको छ ।

नगर प्रमुख केशवकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बिदाई कार्यक्रममा सुवेदीलाई दोसल्ला, मायाको चिनोसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

छोटो बसाईमा नगरमा सुवेदीले गरेको सेवा प्रवाहले आम नगरपालिका सन्तुष्ट रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

कर्मचारी सरुवा नियमित प्रक्रिया जस्तै भएको भन्दै आगामी दिनको सफल यात्राको लागि उनले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सुवेदीले बुद्धभूमि बसाई आफ्ना लागि राम्रै भएको बताए । यहाँ रहदासम्म साथ र सहयोग गर्ने सबैलाई उनले आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्