युवा नेता अशोक बर्मा एमाले प्रदेश कमिटी सदस्यमा मनोनित


appharu

13 October, 2022 10:41 pm मा प्रकाशित

पालिकापत्र,बुटवल । जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका युवा नेता अशोक वर्मालाई नेकपा एमालेले प्रदेश कमिटी सदस्यमा मनोनयन गरेको छ ।

बिहीबार एमाले लुम्बिनी प्रदेश कार्यालयमा पार्टी उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले वर्मालाई मनोनय पत्र प्रदान गर्दै राजनिितक यात्राको सफलताको शुभकामना दिएका छन् ।

डेढ दशकअघिदेखि राजनीतिमा क्रियाशील वर्मा तत्कालीन मधेशी जनअधिकार फोरम हुंदै संघीय समाजवादी फोरमका रुपन्देही सचिव थिए । तर उपेन्द्र यादव नेतृत्वको पार्टीमा यादववाद र क्षेत्रीयतावाद हावी भएको ठहर गर्दै पार्टी पत्यिाग गरेका थिए ।

केही समयअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको पहलमा एमाले प्रवेश गरेका उनी २०७० को संविधानसभा चुनावमा रुपन्देही २ मा पौडेलसंगै प्रतिस्पर्धा गरेका थिए । २०७४ को चुनावमा भने उनी रुपन्देही ३ (२) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवार भई कबि ५ हजार मत पाएर पराजित भएका थिए ।

‘मधेशवादी पार्टीहरुले मधेशको नारा मात्रै दिने तर जनताको पक्षमा नभई सीमित नेताको स्वार्थपुर्ति गर्ने काम मात्र गरेको अनुभूति भएपछि एमालेमा प्रवेश गरेको हुं’–वर्माले भने–‘ यहां आएपछि थाहा भयो मधेशविरोधी भनि प्रचार गरिएको एमाले नै वास्तवमा मधेशको विकासमा सबैभन्दा धेरै काम गर्ने पार्टी रहेछ।’

प्रदेश कमिटीमा मनोनित भएपछि वर्माले पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्दै आसन्न निर्वाचनमा पार्टी र एमाले नेतृत्वको गठबन्धन उम्मेदवारलाई जिताउन क्रियाशील हुने बताए ।

प्रतिक्रिया दिनुहोस्