रुपन्देही १ मा एमालेको गठबन्धनले २० हजार मतले जित्छ : छविलाल विक


appharu

४ कार्तिक २०७९, शुक्रबार १९:२१ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । नेकपा एमालेका केन्द्रिय सचिव छबिलाल विकले सत्ता गठबन्धन सगं कुनै बिकाशका योजना नरहेको बताउनु भएको छ ।
रुपन्देही क्षेत्र न १का उमेद्धावार समेत रहेका बिश्वकर्माले जनतामा आश्वासन दिदै हिडने कुनै नैतिक आधार समेत उनिहरु सगं नरेहेको बताउनु भएको हो । रुपन्देहीको तिलोत्तमा १० मा संयुक्त प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै आफुले बिगत ५ बर्षमा गरेको बिकाश काग्रेसले ३० मा गरेको बिकाश भन्दा बढी रहेको दाबि गर्नु भयो । उहाले सत्तागठबन्धनका उमेद्धावारले संसदमा गयपनि उहाँ बस्ने बेन्च संसदको पछाडि रहने भन्दै उहाँबाट बिकाशको कुनै कल्पना गर्न नसकिने उल्लेख गर्नु भयो ।
कार्यक्रममा बोल्दै एमाले पोलिट ब्युरो सदस्य तथा रुपन्देही क्षेत्र न १ प्रदेश २ का उमेद्धावार दधिराम न्यैपानेले रुपन्देही १ मा सत्तागठबन्धन भन्दा आफुहरु धेरै बलियो रहेको भन्दै जित सुनिस्चित भै सकेको बताउनु भयो । उहाले सत्ताको अपबित्र गठबन्धनको सत्ताको मात्र रबैया रहेको उल्लेख गर्दै आफु हरु रुपन्देही १मा २० हजार मतको फरकले बिजयी हुने दावी गर्नु भयो ।
कार्यक्रममा राष्ट्यि प्रजात्रन्त्र पार्टिका केन्द्रिय सह माहामन्त्री ताहिर अलिले आफ्ना पार्टिका नेता कार्यर्कतालाई एमाले , राप्रपा र जसपाको यो गठबन्धन भन्दा बाहिर गएर कसैले मत हाले त्यसलाई सिधा पार्टिले बिधान बमोजिम कार्बाहि गर्ने बताउनु भयो ।
जसपा रुपन्देहि १ का सभापति ब्यासमुन चौधरीले काग्रेस लोभिपापिको मात्र पार्टि भएको भन्दै आफु जस्ता सोझा इमान्दार सो पार्टिमा नअटाउने उल्लेख गर्नु भयो ।
साथै कार्यक्रममै संयुक्त प्रचारप्रसारका लागी ३ सय ३ सदस्यीय प्रचार कमिटि समेत गठन गरिएको छ ।
कार्यक्रम ने।क।पा एमाले तिलोत्तमा १० का प्रचारप्रशार संयोजक कलम चौधरीको अध्यक्षता तथा महेश यादवको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्