शाइन रेसुङ्गाको मंगलापुर शाखाद्वारा रामजानकी मन्दिरमा बृक्षारोपण र क्युआर हस्तान्तरण


appharu

२४ कार्तिक २०७९, बिहीबार १९:४८ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । शाइन रेसुङ्गाडेभलपमेन्ट बैंक लि. मंगलापुर शाखाले बैंको १४औं वार्षिकोत्सवको अवसर पारेर स्थानीय रामजानकी मन्दिर परिसरमा बृक्षारोपण र क्यु आर हस्तान्तरण गरेको छ ।

बैंकको १४औं वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तदायित्वमा संचालित गो ग्रीन प्रोजेक्ट अन्तर्गत बैंकको मंगलापुर शाखाको सहयोग र रामजानकी मन्दिर तथा सम्झना परिवार क्लब मंगलापुरको सहकार्यमा मन्दिर परिसरमा धुपी,अशोका,गुलमोहर,कलकी,अमला बेल लगायतका डेढ सय बिरुवा रोपेको हो ।

बैंकले देशभरका ८५ वटा शाखामार्फत १४ हजार बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ । बृक्षारोपणसंगै बैंकले मन्दिरमा दान वा भेटि चढाउन नगद बोकेर जान नपर्ने र डिजिटल बैंकिङ अन्तर्गत मोबाइलबाटै स्क्यान गरेर दिन सकिने व्यवस्थाका लागि क्युआर हस्तान्तरण गरिएको बैंकका मंगलापर शाखा प्रबन्धक विष्णु थापाले बताए । मन्दिर व्यवस्थापन समितिका सचिव भुवन शर्मालाई क्युआर हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष धिरज पुन पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्