नेपालकै सर्वोत्कृष्ट कालिका मानवज्ञान माविको अध्यक्षमा नित्यानन्द ज्ञवाली


appharu

२९ पुष २०७९, शुक्रबार १९:०९ मा प्रकाशित

पालिकापत्र, बुटवल । नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान माविको व्यवस्थापन समिति अध्यक्षमा नित्यानन्द ज्ञवाली निर्वाचित भएका छन् । शुक्रबार विद्यालयमा भएको अभिभवाक भेलाले ज्ञवालीलाई ३ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि व्यवस्थापन समिति सदस्य एवं निर्माण समिति संयोजक थिए । विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा इन्द्रमणि अर्याल, शान्ता गौतम,तेजेन्द्र खनाल,लक्ष्मी पौडेल रायमाझी र सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा (पदेन) निवाचित भएका छन् । वडा नं १० का जनप्रतिनिधि एक जना, शिक्षक प्रतिनिधि र मनोनित १ जना चयन गर्न बांकी रहेको सदस्य सचिव थापाले बताए । ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा भौतिक पुर्वाधार र शिक्षक दरबन्दी अझै अपर्याप्त रहेकाले ती समस्या समाधानमा पहल गर्ने नव निर्वाचित अध्यक्ष ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्