‘बाणगंगा टुर्स एण्ड ट्राभल्स’ जसले बुटवल, काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्‍यो


पालिका पत्र

26 August, 2023 1:26 pm मा प्रकाशित


रविना कंडेल, भदौ ०९ ।
कपिलवस्तुको बाणगंगामा रहेको बाणगंगा टुर्स एण्ड ट्राभल्सले बुटवल, काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । ट्राभल्सले थप गरेका सेवा सुविधाले गर्दा ग्रहाकहरुलाई बुटवल, काठमाण्डौं धाउनुपर्ने बाध्यताको अत्य भएको हो । ट्राभल्सले श्रम स्वीकृतिका लागि अनलाईन फर्म भर्ने, देश, विदेशमा कुरियर तथा कार्गो सेवा लगाएतका सेवा थप गरे पछि बुटवल, काठमाण्डौं धाइरहन नपर्ने भएको संचालक मिन बहादुर थापाले बताए । उनले यस कम्पनीबाट सेवा लिएपछि एयरपोर्ट ड्रप तथा पिक अफ गर्दा २० पतिशत छुट रहेको जनाए ।


विगत ५ बर्ष देखि संचालित बाणगंगा टुर्स एण्ड ट्राभल्सले कपिलवस्तुको चार नम्बरवाट सेवाहरु प्रदान गरिरहेको छ । ट्राभल्सले सुरुवाति अवस्थामा आन्तरीक तथा बाह्य प्लेन टिकट, ट्रेन टिकट तथा केहि टुर प्याकेज सहितका सेवाहरु प्रदान गर्दै आएको थियो । क्रमसः माग अनुसार साझा कुरियर मार्फत देश तथा विदेशमा कुरियर सेवा थप गर्दै, व्यक्तिगत अनलाई श्रम सेवा समेत दिन थालेको छ ।


बाणगंगा टुर्स एण्ड ट्राभल्समा सेवा लिन आएका एक जना सेवाग्रहीले आफु प्लेन टिकटको लागि बुझ्न आएको बताए । उनले भने “म बाहिर जानको लागि प्लेन टिकट बारे बुझ्न आएको थिए, यहाँ आउदाँ तिन वटै सेवा लिने अवसर भयो, सजिलो पनि भयो ।” ‘हामिलाई पहिले यति कामका लागि वुटवल, काठमाण्डौं जानु पर्ने थियो सवै सुविधा यहि आएछ । घरमै आएजस्तो भयो’ उनले भने । उनले मुस्कुराउँदै संचालक लाई धन्यवाद प्रदान गरे ।


यता बाणगंगा टुर्स एण्ड ट्राभल्सले चार नम्बर बाट आन्तरीक तथा बाह्य हवाई टिकट, हवाई टिकटको मिति परिर्वतन, ट्रेन टिकट, बस टिकट, आन्तरीक तथा बाह्य कुरियर सेवा, होटल बुकिङ्ग, गाडि रिर्जभ, टुर प्याकेज लगाएतका सेवाहरु सुपथ तवरबाट संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्