काठमाडौँ ।
नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीलाई दिइने निजामती सेवा पुरस्कारको राशिलाई ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिएको बजेट सम्बन्धी सुझावमा निजामती सेवा नियमावली २०५० को नियम ११६ (क) अनुसारको निजामती सेवा पुरस्कारको राशिलाई ५० प्रतिशत वृद्धि गर्न भनेको हो ।
सङ्गठनले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन प्रयोजनका लागि बजेटको व्यवस्था गर्नसमेत माग गरेको छ ।
त्यसैगरी राष्ट्रसेवक कर्मचारीलाई एक लाखको कोरोना बिमा र २५ लाखको कोरोना जीवन बिमाको व्यवस्था गर्नसमेत सङ्गठनको माग छ ।