नागरिकता अध्यादेशमा सरकारको बदनियत प्रमाणित हुन्छः राप्रपा


appharu

१३ जेष्ठ २०७८, बिहीबार ०६:१४ मा प्रकाशित

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता अध्यादेशमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सुझावलाई उपेक्षा गर्नुले सरकारको बदनियत प्रमाणित भएको जनाएको छ ।

राप्रपा अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले संयुक्त वक्तव्य जारी गर्दै नागरिकता समस्या समाधानका लागि सर्वपक्षीय सहमति गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय हितविपरीतका प्रावधान राखेर जारी गरिएको अध्यादेशबारे पुनर्विचार गर्न समेत राप्रपाले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्