चलचित्र ‘दोस्ताना २’बाट कार्तिक पनि बाहिरिए


appharu

१३ जेष्ठ २०७८, बिहीबार १४:४३ मा प्रकाशित

एजेन्सी ।
केही हप्ता अगाडि नायक कार्तिक आर्यन धर्मा प्रोडक्शनको चलचित्र ‘दोस्ताना २’बाट बाहिरिए । निर्माता करण जोहर र उनीविचको टकराव निकै अगाडि बढेको छ । धर्माले करणलाई अब कुनै पनि चलचित्रमा नलिने बताइसकेको छ ।

बलिउडको एक प्रतिष्ठित चलचित्रबाट बाहिरिएको केही समयपछि कार्तिक नायक साहरुख खानको रेड चिल्लीले बनाउन लागेको एक चलचित्रबाट पनि बाहिरिएका छन् ।
रेड चिल्ली इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्र ‘फ्रेडी’बाट कार्तिक आर्यन निकालिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा नायक कार्तिक आर्यन र नायिका कट्रिना कैफको मुख्य भूमिका रहने बताइएको थियो । तर, दोश्रो लहरको कोरोना भाइरसका कारण यो चलचित्रको छायांकन भने सुरु हुन सकेको थिएन ।

कार्तिकले यो चलचित्रका लागि लिएको २ करोड रुपैयाँ पनि फिर्ता गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यो चलचित्रमा संझौता गरेपछि कार्तिकले यसको स्क्रिप्ट बदल्नुपर्ने बताउँदै आएका थिए । चलचित्रको स्क्रिप्ट बदल्नुपर्ने माग राखेपछि कार्तिक र यसको निर्माणपक्षविच कुरा विग्रिएको हो ।

कार्तिकले चलचित्र ‘दोस्ताना २’को कथा बदल्नुपर्ने बताएपछि उनी र धर्मा प्रोडक्शनविच टकराव आएको थियो । यस्तै, समस्या उनको रेड चिल्ली इन्टरटेन्मेन्टसँग पनि देखिएको छ ।

एकपछि अर्को चर्चित ब्यानरको चलचित्रबाट निकालिएपछि कार्तिकको करिअर खतरामा परेको प्रतिक्रिया दर्शकले दिएका छन् । कार्तिकले आफ्नो करिअर आफै सक्ने तयारी गरेको प्रतिक्रिया उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्