डान्स आइडलमा आज टप ११ जनाको प्रतिस्पर्धा, ‘धोकेबाज’ गायिका एलिना चौहानको पनि प्रस्तुति


पालिका पत्र

10 December, 2024 7:40 am मा प्रकाशित

कपिलवस्तु, मंसिर २६ ।

१५औं कपिलवस्तु महोत्सव मंगलबार सातौं दिनमा प्रवेश गर्दै चर्चित आधुनिक गायिका एलिना चौहानको प्रस्तुति हुने भएको छ । महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनका अनुसार एलिनासँगै अन्य कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिनेछन् ।

यसैगरी, सोमबार १३औं कपिलवस्तु डान्स आइडल प्रतियोगिताका १२ प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । डान्स आइडल संयोजक विष्णु मल्लका अनुसार सोमबारको चरणबाट सन्ध्या परियार बाहिरिएकी छन् । मंगलबार टप ११ प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुति राख्नेछन्, जहाँबाट एक जना प्रतियोगी बाहिरिनेछ ।

सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा आयोजित यो महोत्सव बाणगंगा–४, जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन भइरहेको छ। कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको रूपमा परिचित यो कार्यक्रम आगामी पुष २ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्