पूजाले गरिन् बिकिनीमा योगा


appharu

१३ जेष्ठ २०७८, बिहीबार १४:४५ मा प्रकाशित

मुम्बई ।
अभिनेत्री पूजा बत्रा आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । उनी फ्यानको साथ योगा र वर्क आउटको तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् । अहिले पनि पूजाले एक तस्बिर शेयर गरेकी छन् । तस्बिरमा उनी स्विमिङ पुलको किनारामा ग्रीन बिकिनीमा योगा आसनमा देखिएकी छन् ।

पूजा अहिले ४४ वर्षकी भइन् । फिटनेशको कारण उनको उमेर ४४ अनुमान लगाउन गाह्रो छ । फ्यानले पूजाको बिकिनी तस्बिर रुचाएका छन् । पूजाले अनिल कपुरको फिल्म ‘विरासत’ बाट बलिउड डेब्यु गरेकी हुन् । त्यसपछि उनी ‘हसीना मान जाएगी’, ‘भाई’, ‘नायक’, ‘कही प्यार न होजाए’ जस्ता फिल्ममा काम गरेका छन् । उनले कयौ ब्यवसायिक विज्ञापनमा पनि काम गरेकी छन् । २०१३ मा उनले ‘मिस इन्डिया इन्टरनेशनल’को उपाधि समेत जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्