मनीषाले दिइन अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री


appharu

१३ जेष्ठ २०७८, बिहीबार १४:५० मा प्रकाशित

काठमाडौं ।
पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् । अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको हो ।

अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा सहयोगी हात अघि बढाएकी छिन् । बुधबार बीरगञ्जको नारायणी अस्पताललाई मनीषाले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् ।

भाइरस संकटबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको समेत मनीषाले जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्