तिलोत्तमामा आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल


appharu

९ जेष्ठ २०७८, आईतवार ०९:३५ मा प्रकाशित

रूपन्देही ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नर्गने भएको छ ।

विद्यार्थीले विद्यालयमा उपस्थित भएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको नगरप्रमुख बासुदेव घिमिरेले पालिका खबरलाई जानकारी दिए ।

शिक्षा समिति संयोजक समेत रहेका नगरप्रमुख घिमिरेको अध्यक्षतामा बिहीबार बसेको बैठकले नगरका सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो ।

आन्तरिक मूल्यांकनको लागि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अंकको ४०-४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड नगरपालिकाले निर्धारण गरेको छ ।

समितिको बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षाका लागि समेत सोहीअनुसारको मापदण्डको आधारमा मूल्यांकन गरी त्यसको विवरण जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्