शिवराज आधारभूत सेवा अस्पतालको ३८ लाख अनियमितता प्रकरणः पाँच जना पुनः हिरासतमा


पालिका पत्र

25 August, 2026 9:00 pm मा प्रकाशित

चन्द्रौटा, ०९ कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित शिवराज आधारभूत सेवा अस्पतालमा करिब ३८ लाख रुपैयाँ अनियमितता भएको भनिएको प्रकरणमा पाँच जना पुनः हिरासतमा परेका छन् ।

प्रकरणको अनुसन्धानका क्रममा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हिरासतमा रहेकाहरूमा चुडामणि भट्टराई, डा. अमित पाण्डेय, रुक्साना खातुन, विक्रम केसी र कमल भण्डारी रहेका छन् । प्रहरीले उनीहरूमाथि अस्पतालको आर्थिक कारोबार तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्