सिद्धार्थनगरको मेउडिहवामा रोपाई र ३ सय किसानलाई दही च्युरा खुवाएर मनाइयो धान दिवस


appharu

१५ असार २०७८, मंगलवार १८:३७ मा प्रकाशित

पालिका पत्र/ सिद्धार्थनगर ।
राष्ट्रिय धान दिवसको अवसरमा जनता समाजवादी पार्टी बिपद ब्यवस्थापन समिती रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवामा स्थानीय किसानको खेतमा धान रोपाई, करिब ३ सय ५० जना स्थानीय किसान परिवारलाई सम्मान र दही च्युरा खुवाएर धान दिवस मनाएको छ । कार्यक्रममा एक जना अति बिपन्न किसान परिवारलाई ४५ दिनसम्म पुग्ने खाद्यान्न समेत वितरण गरिएको जसपा बिपद ब्यवस्थापन समिति रुपन्देहीका संयोजक रवि कुमार रौनियारले बताए ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य सिमा कुमारी कौसल, सजपा प्रदेश सदस्य महेन्द्र यादव, प्रदेश सदस्य उज्ज्वल पोखरेल, प्रदेश सदस्य रिता यादव, जिल्ला अध्यक्ष राम अवतार यादव, जिल्ला उपाध्यक्ष सियाराम यादव, वडा नं २ को वडा सदस्य दिपेश प्रताप शाही, युवा नेता सुनिल कुमार पुन लगायतले जसपा किसान,मजदुरको सुखदुखमा साथ दिने पार्टी भएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्