आमा बनिन् गायिका नीति मोहन


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०७:२१ मा प्रकाशित

मुम्बई ।
बलिउडकी चर्चित गायिका नीति मोहन आमा बनेकी छन् । उनले बुधबार छोरोलाई जन्म दिएकी छन् । जसको जानकारी उनका पति अभिनेता निहार पाण्डेले सामाजिक संजाल मार्फत गराएका छन् ।

पाण्डेले आमा र बच्चा दुबै सुरक्षित रहेको समेत बताएका छन् । नीति मोहनले यस बर्षको फेब्रुअरीमा विवाह दोस्रो एनिभर्सरी पारेर आमा बन्न लागेको खुसी सबै माझ शेयर गरेकी थिइन् ।

नीति मोहन र अभिनेता निहार पाण्डेले २०१९ मा विवाह गरेका थिए । नीति मोहनले ुइश्क वाला लवु, ुजिया रेु, ुनजर लायनाु, ुहर किसिको नही मिलताु, ुखिच मेरी फोटोु लगायत थुप्रै हिट गीत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्