पालिका पत्र
- पोसाक सफा र सजिलो तथा खुसी अनुहारका साथ प्रवेशपत्र तथा लेख्ने कलम तथा स्केलसहित समयमै परीक्षा हलमा पुग्ने र आफ्नो सिटमा बसी परीक्षाको परिवेशलाई आफ्नो बनाउने ।
- प्रश्नपत्र प्राप्त हुनासाथ सबै प्रश्नलाई सरसर्ती पढ्ने र केही प्भथ धयचमक सम्झनामा आयो भने प्रश्नको नजिकै टिपोट गर्ने र प्रश्नमा रहेका ज्यादा महत्वपूर्ण वाक्य वा शब्द (समूह)लाई अन्डरलाइन गर्ने ।
- सबै प्रश्नलाई औसत रूपमा बराबर समय छुट्याउने तर सबैभन्दा बढी आउने प्रश्नको उत्तरबाट जवाफ दिन सुरु गर्ने, उत्तर लेख्दै जाँदा समय बचेको वा मिचेको ख्याल गर्दै सन्तुलन मिलाउँदै जाने ।
- प्रश्नले के मागेको हो ? प्रस्ट बुझेर अनि मात्र उत्तरलाई कुन ढाँचामा लेख्ने हो योजना गर्दै उत्तर तयार गर्दै जाने ।
- सोधिएको प्रश्नको मूल सवाल/शीर्षकभित्र रहेर आफ्ना तर्क वा पुस्ट्याइँका आधार उपलब्ध गराउनुपर्ने हुन्छ । कम महत्वपूर्ण र प्रश्नले माग नगरेको पक्षमा प्रवेश नै नगर्ने । उत्तरमा Key words को प्रयोग गर्ने, जस्तो कि सेवा–प्रवाहको सम्बन्धमा नागरिक निगरानी तथा पृष्ठपोषण ।
- प्रश्नले माग गरेको विषयवस्तुको पक्ष, गहिराइ वा दायरालाई बुझ्नु अत्यन्तै आवश्यक छ । जस्तै– मूल्यांकन गर्नुहोस् भन्दा राम्रा–नराम्रा पक्षबारे आफ्ना विचार राख्नुपर्छ भने विवेचना गर्नुहोस् भनेको अवस्थामा सोही विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा गर्नुपर्ने हुन्छ ।
- सबै प्रश्नको जवाफ लेखिसकेपछि समय मिलेसम्म प्रश्नसंख्या र उत्तरपुस्तिकाको क्रम मिले–नमिलेको हेर्ने र त्यति गर्दा पनि समय बचत भयो भने लेखिएका उत्तर हेर्दै जाँदा तत्काल देखिएका त्रुटि सच्याउने वा छुटेका सानातिना प्रसंग थप गर्ने ।
- उत्तर लेख्दा थप आकर्षक बनाउन चित्र वा फर्मुला वा सान्दर्भिक प्रसंग वा प्रासंगिक घटनालाई जोड्न सकिन्छ । तर, सबै उत्तरमा उल्लिखित कुरा खोज्नतर्फ लागेमा समय पालना नहुन सक्छ ।
- अन्तरसम्बन्ध विश्लेषणसम्बन्धी प्रश्नमा कुन–कुन विषयबीच सम्बन्ध केलाउने हो ? प्रस्ट हुन जरुरी हुन्छ । जस्तो कि दिगो विकासका पक्षका रूपमा आर्थिक, सामाजिक र वातावरणीय पक्षहरू, वर्तमान संविधानले उठाएका बृहत् सवालहरूमा संघीयता, समाजवाद र समृद्धि, सेवा–प्रदायक र सेवाग्राहीबीचको सम्बन्धजस्ता विषयलाई सिद्धान्त र व्यवहारको कसीमा व्याख्या गर्दै उत्तरलाई खँदिलो बनाउने प्रयत्न गरिनुपर्छ ।