नेपालको संविधान सम्बन्धी सम्भावित प्रश्नोत्तर शृङ्खला-२


appharu

२० जेष्ठ २०७८, बिहीबार १९:०० मा प्रकाशित

पालिका डेस्क/काठमाडौं ।

१. संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ, भनी नेपालको संविधान २०७२ को कुन धारामा उल्लेख गरिएको छ ?

–धारा १ -उपधारा २

२. नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित रहेको छ ?

– जनतामा

३. नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनी नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?

– धारा ५

४. नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका कुन अनुसूचीमा उल्लेख गरिएको छ ?

– अनुसूची १

५. कुनै पनि व्यक्ति लाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा राखिने छैन भनी कुन मौलिक हकमा व्यवस्था गरिएको छ ?

– धारा २० न्यायसम्बन्धी हक

६. सम्पत्तिको हक सम्बन्धी कुन धारामा व्यवस्था गरिएको छ ?

– धारा २५

७. नेपालको संविधान २०७२ मा नागरिकको कर्तव्य कुन धारामा उल्लेख गरिएको छ ?

– धारा ४८

८. नेपाललाई समावेशी राज्य भनेर नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?

– धारा ४

९. नेपालको संविधानको कुन अनुसूचीमा प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाबारे व्यवस्था गरिएको छ ?

– अनुसूची ४

१०. नेपालको संविधानमा राष्ट्रपतिको पदावधि कति वर्षको हुने व्यवस्था छ ?

– ५ वर्ष

११. राज्यका नीतिहरू कति ओटा छन् ?

– १३ ओटा

१२. राजश्व स्रोतको बाँडफाँड भनेर कुन धारमा व्यवस्था गरिएको छ ?

–धारा ६०

१३. नेपालको संविधान अनुसार राष्ट्रपति हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ ?

— पैँतालिस वर्ष

१४. राष्ट्रपति र उपराष्ट्रपतिले को समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने व्यवस्था छ ?

– राष्ट्रपतिले प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष

१५. महाभियोगको व्यवस्था कुन धारामा गरिएको छ ?

–धारा १०१

१६. विशेषाधिकारको व्यवस्था कुन धारामा गरिएको छ ?

– धारा १०३

१७. संघीय संसद्को सदस्य हुन कति वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ?

– प्रतिनिधि सभाको सदस्य हुन २५ वर्ष र राष्ट्रिय सभाको सदस्य हुनको लागि ३५ वर्ष उमेर पुरा भएको हुनु पर्छ ।

१८. नेपालको संविधानमा प्रतिनिधिसभाको कार्यकाल कति वर्षको हुने व्यवस्था गरिएको छ ?

–संविधानबमोजिम विघटन भएकोमाबाहेक पाँच वर्षको

१९. संघीय व्यवस्थापिका कति सदस्यीय हुने व्यवस्था छ ?

– ३३४ सदस्यीय

२०. नेपालको संविधान २०७२ मा अध्यादेश सम्बन्धी व्यवस्था कुन भाग र धारामा गरिएको छ ?

– भाग ९ धारा ११४

प्रतिक्रिया दिनुहोस्