पाल्पाको तिनाउ गाउंपालिकामा पहिरोले पांच घर पुरिए, एकजनाको मृत्यु,एक बालक वेपत्ता


appharu

२४ असार २०७८, बिहीबार ०९:५७ मा प्रकाशित

?????????????????????????????????????????????????????????

पालिका पत्र, तिनाउ ।
पाल्पाको तिनाउ गाउँपालिका–५ केराबारी नजिकै गिट्टी खानीमा ५ घर पहिरोले पुरिएका छन् । पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने ८ वर्षिय बालक बेपत्ता भएका छन् । बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको होे ।

पहिरोमा पुरिएर ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । पहिरोमा सुजा परियारका आठ वर्षीय छोरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए। पहिरोमा परेर ७ जना घाइते भएका छन।

पहिरोले घर पुरिएका स्थानीयलाई उद्धार गरी कल्याणी आधारभुत बिद्यालयमा राखिएको सो क्षेत्रका प्रदेश सांसद तुलाराम घर्ती (बसन्त) ले जानकारी दिए ।

पहिरोमा परेर घाइते भएकाहरुलाई सोही बिद्यालयमा राखेर उपचार भैरहेको सांसद घर्तीले जानकारी दिए । घाइते मध्ये ७५ वर्षिय सुन्दरी गुरुङको अवस्था गम्भीर रहेको र अन्य ६ जनाको अवस्था सामान्य रहेको छ ।

वर्षाले पाल्पा बुटवल सडक समेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्