मन्त्रिपरिषद्को बैठक बस्दै, महत्त्वपूर्ण निर्णयसहित केही नयाँ नियुक्ति हुने


appharu

३१ असार २०७८, बिहीबार १०:४७ मा प्रकाशित


काठमाण्डौँ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बिहीवार (आज) दिउँसो बस्दैछ । केही नियुक्ति र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

बिहीवारको बैठकले महान्यायाधिवक्ता लगायत केही नियुक्ति गर्ने तयारी रहेको स्रोतले बतायो ।प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिइसकेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले असोज मसान्तसम्म एकतिहाइ र चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको थियो ।

मंगलवारको बैठक सामान्य औपचारिकतामा सीमित रहेकोमा आज केही नियुक्तिको तयारी रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्