कोरोना महामारीका कारण बैंक तथा वित्तिय तरलता बढ्यो


appharu

४ श्रावण २०७८, सोमबार १७:३९ मा प्रकाशित

काठमाडौं ।
आर्थिक वर्ष २०७७/७८ को समाप्तिसँगै बैंक तथा वित्तीय संस्थाहरूमा तरलता देखिएको छ । सरकारले वर्षको अन्तिममा आएर खर्च बढाएका कारणले बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा असार महिनामा मात्रै वाणिज्य बैंकहरूमा २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको देखाइएको छ । त्यस्तै असार मसान्तमा वाणिज्य बैंकहरूले ७४ अर्बमात्रै कर्जा लगानी गरेका छन् ।

असार मसान्तसम्ममा कुल ४२ खर्ब १ अर्ब निक्षेप सङ्कलन भएको छ भने ३७ खर्ब ३१ अर्ब कर्जा लगानी भएको छ । जेठ महिनामा ८० प्रतिशतको हाराहारीमा रहेको सीसीडी अनुपात वर्षको अन्त्यमा घटेर ७६ दशमलव १८ प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले कोभिड १९ कारण बैंक तथा वित्तीयको कर्जा प्रवाह गर्न सक्ने क्षमता बढाउन सीसीडी अनुपात ८० प्रतिशत बाट बढाएर ८५ प्रतिशत पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्