नाम राधेश्याम, साँझ परेपछि उल्लु बनाउने काम !


appharu

६ कार्तिक २०७८, शनिबार १८:१८ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
शुक्रबार कपिलवस्तुका एक जना राजनीति कार्यकर्ताले सबैलाई उल्लु बनाएर चर्चा कमाएका छन् । जिल्लाको पश्चिमी क्षेत्रका एक राजनीति कार्यकर्ताले सबैलाई उल्लु बनाएर चर्चा कमाएका हुन् । उनको नाम हो राधेश्याम ।

दिउँसो नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको भेलामा सर्वसम्मत वडा अध्यक्षमा निर्वाचित बने । शिवराज नगर कमिटीको वडा नं. १ मा चौधरीको अध्यक्षतामा १७ सदस्यिय वडा कमिटी बनेको थियो ।

शानदार भेलाबाट सर्वसम्मत अध्यक्ष भएका चौधरीलाई बधाईको ओइरो नै लाग्यो । एकीकृत समाजवादीका केन्द्रियदेखि जिल्लातहका नेताको सहभागीतामा भएको वडा कमिटी गठन कार्यक्रममा थारु स्वच्छाले वडा अध्यक्ष बनेका थिए ।

तर, साँझ छिप्पिन नपाउँदै उनले सामाजिक संजालमा एक भिडिओ मार्फत भने, ‘म समाजवादीमा गएकै छैन् ।’ उनले उक्त भिडिओमा अझ भनेका छन्, ‘मलाई फकाएर लगियो, अध्यक्ष बनाउन खोजियो म भागेर उम्किएको हुँ ।’

चौधरी समाजवादीमा लागेको सुनेपछि शिथिल बनेका एमालेका नेताले विभिन्न प्रलोभन बाँडेर भिडिओ पोस्ट् गर्न लगाएको दाबी एस पार्टीका नेताहरुको छ । सांसद देखि सबैको दबाब थेग्न नसकेर उनले भिडिओ पोस्ट् गरेको पुष्टि उनी दिउँसो अविरसहित अध्यक्ष भएको प्रमाणले गर्छ ।

एकीकृत समाजवादीको वडा भेला । जहाँ रोधश्याम वडा अध्यक्ष बनेका थिए ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले दिउँसो राजीखुशीले अध्यक्ष भएको व्यक्ति साँझ परेपछि एकाएक बोली फेरेको सुन्दा आफु अचम्ममा परेको बताउनुभयो । पार्टीमा आवद्ध विचारले हुने भन्दै कसैलाई जवरजस्ती अध्यक्ष बनायो भनेर प्रचार गर्दा जग हास्ने कुरा हुने अध्यक्ष हमालले बताउनुभयो । ओली प्रवृत्ती भनेकै सय झुट बोल्दा सत्य सावित हुन्छ भन्ने शैली अपनाउने प्रवृत्ती भएकाले आफुहरुको समाजवादी यात्रामा दक्षिणपन्थी, अवसरवादीले बाधा गर्न नसक्ने बताउनुभयो ।

पछिल्लो समय एकीकृत समाजवादी कपिलवस्तु आक्रमण शैलीमा संगठन विस्तारमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्