एनएमबि बैंक लुम्बिनी प्रदेशको हेरिटेज वाक


appharu

३ बैशाख २०७९, शनिबार १८:०८ मा प्रकाशित

पालिकापत्र ।

बुटवल । एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)-२०२२ कार्यक्रम सप्पन्न गरेको छ । बिश्व सम्पदा दिवस -२०२२को अवसरमा एनएमएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो । करिब १५० जना कर्मचारीको सहभागीता रहेको कार्यक्रममा सहभागीले सम्पदा संरक्षण गरौ, सम्पदा जोगाऔ लगायतका नाराहरु रहेका प्लेकार्डहरु बोकेका थिए । बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट शुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल( पुरानो बुटवल) हुदै ऐतिहासिक किल्ला जितगढीमा गएर बिसर्जन भएको थियो । कार्यक्रममा बोल्दै एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले पदयात्रा कार्यक्रम गरेको जानकारी दिनुभयो । उहाले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै तिनाउ नदिको तटमा अबस्थित ऐतिहासिक जितगढि किल्लामा मौलिक बाजगाजाको साथमा पदयात्रा गरिएको बताउनु भयो । कार्यक्रममा एनएमबि बैंकले जितगढि संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम( तस्वीरहरु) र मायाको चिनो हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, संचालक प्रबन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागीता रहेको थियो एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्