बुटवलका तीन युवा राप्रपाबाट बने वडा अध्यक्ष उम्मेदवार


appharu

१३ बैशाख २०७९, मंगलवार १४:१४ मा प्रकाशित

पालिकापत्र ।
बुटवल । बुटवलका तीन युवा व्यवसायीहरू राप्रपाको तर्फबाट बुटवल उपमहानगरको तीनवटा वडामा उम्मेदवार भएका छन् । अटो भिल्ला र जिप्पर ब्राण्डमा चार पांग्रे गाडी,मोटरसाइकल विक्रि गर्ने अटोमोबाइल्स क्षेत्रमा चर्चित युवा व्यवसायी दिपक श्रेष्ठ बुटवल ६ को वडा अध्यक्ष उम्मेदवार बनेका छन् । यस्तै फर्निचर र अटोमोबाइल्स क्षेत्रकै चर्चित युवा रोनिश श्रेष्ठ बुटवल ८ को वडा अध्यक्ष बनेका छन् । यस्तै बुटवल जागरणचोकका युवा गौतम रिजाल बुटवल ९ वडा अध्यक्ष उम्मेदवार बनेका छन् । पछिल्लो समय राप्रपाले लिएका राजनीतिक एजेण्डा र अधयक्ष राजेन्द्र लिङदेनको स्वच्छ छविबाट प्रभावित भई राप्रपाबाट उम्मेदवारी दिएको उनीहरुले बताएका छन् । वडा नंं ८ मा उम्मेदवारी दिएका श्रेष्ठ यसअघि जसपामा थिए ।
राप्रपाले बुटवलमा मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्