तिलोत्तमामा राष्ट्रिय जनमुक्ति पार्टी एक्लै लड्दै , मेयर–उपमेयरसहित १७ वटै वडाअध्यक्षमा उम्मेदवारी


appharu

१४ बैशाख २०७९, बुधबार ०८:४४ मा प्रकाशित

पालिकापत्र
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तेस्रो शक्तिकोरुपमा रहेको दावी गर्ने राष्ट्रिय जनमुक्ति पार्टी बैसाख ३० गते हुने स्थानीय चुुनावमा एक्लै लड्ने भएको छ । सोही अनुसार पार्टीबाट मेयर पदमा सुन्दर गुरुङ्ग र उपमेयर पदमा गिता सारु मगरले उम्मेदवारी दिएका छन् । गुरुङ शैक्षिक व्यक्तित्व हुन् भने सारु अघिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेससंगको गठबन्धनमा उपमेयरमै उम्मेदवार थिइन् । पार्टीबाट वडा नं १ को अध्यक्ष पदमा जीवन बुढाथोकी मगर, २ मा भिम बहादुर राना मगर, ३मा केशरी तरामु गाहा मगर, ४ मा मधु थापा मगर,५ मा कमल गलामी मगर र ६ मा राधिका श्रीस मगरले उम्मेदवारी दिएका छन् । यस्तै वडा नं. ७ मा गिरि प्रसाद राना मगर, ८ मा प्रेमबहादुर बिरकट्टा मगर, ९ मा आश बहादुर गुरुङ्ग, १० मा महादेव थारु, ११ मा प्रेम ब कनौजे मगर, १३ मा कृष्ण सारु मगर, १४ मा भोम बहादुर बुढा मगर, १५ मा युद्ध फगामी मगर
, १६ मा दिलमाया गुरुङ्ग र वडा नंं १७ मा फुलमाया चौधरी उम्मेदवार रहेका छन् । राष्ट्रिय जनमुक्ति भ्रष्टाचारको सशक्त विरोधी र राष्ट्रियता, समावेशीता, समानुपातिक प्रतिनिधित्व लगायतका अग्रगामी एजेण्डा बोकेको पार्टी भएकाले यसपटक जनताले आफ्नो पार्टीका उम्मेदवारहरुलाई विश्वास गरेर मत दिने मेयर तथा उपमेयर र वडा अध्यक्षका उम्मेदवारहरुको भनाई छ । पार्टीले स्वच्छ छविका, कुनै दाग नलागेका इमान्दार व्यक्तिलाई उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्