सैनामैनामा कांग्रेस–माओवादी गठबन्धनद्वारा सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचार गर्ने प्रतिवद्धता


appharu

१९ बैशाख २०७९, सोमबार १७:२२ मा प्रकाशित

पालिकापत्र, सैनामैना । सैनामैना नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले थारु जातिमा हुने सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।
थारु जातिमा रक्त अल्पताका कारण हुने यो रोगका विरामीलाई सैनामैनाका जनप्रतिनिधिले कुनैपनि उपचारको व्यवस्था नगरेको बताउँदै प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मालेशर्माले आफूहरु निर्वाचित भएमा सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सिकलसेल एनिमियाको रोगसंगै सैनामैनामा अरु क्यान्सर, मृगौला र मुटु रोगका विरामी समेत रहेको र उनीहरुको समेत भरपर्दो उपचारको व्यवस्था नभएकोले अव आफूहरुले उनीहरुको उपचारका लागि समेत ध्यान दिने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
सैनामैनामा सोमबार आयोजित चुनावी सभालाई सम्वोधन गर्ने क्रममा प्रमुखका उम्मेदवार शर्माले त्यस्ता विरामीको उपचारमा सहयोग मात्र नभै बुटवलसम्म उपचारका लागि जानुपर्दाको निशुल्क यातायातको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महत ९नारायण० ले गठबन्धनका उम्मेदवारहरुलाई जनताले भोट दिए सुनौलो र नौलो सैनामैना बनाउने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले अहिलेका जनप्रतिनिधि जस्तो अँध्यारो कोठामा बसेर ठेक्कामा भाग खोज्ने काम आफूहरुले कहिल्यै नगर्ने प्रतिवद्धता जनाउँदै सैनामैनालाई बस्न लायक नगर बनाउने योजना आफूहरुको रहेको बताउनु भयो ।
हामी सैनामैनाका आमा बुवाका छोरा छोरी रहेको उल्लेख गर्दै उपप्रमुखका उम्मेदवार महतले सैनामैनाका जनप्रतिनिधिले भ्रष्टाचार र कमिसनमा डुबेर सैनामैनाकै इज्जत र प्रतिष्ठामाथि घात गरेको आरोप लागाउनुभयो ।
यसैगरी गठबन्धनका उम्मदेवारहरुले सैनामैनाका विभिन्न वडामा घरदैलो अभियानलाई तीब्र बनाएका छन । घरदैलोमा संलग्न उम्मेदवारहरुलाई सैनामैनाका विभिन्न वडामा भब्य स्वागत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्