हिलपार्कमा थ्रीडी सेल्फी जोनसहितको सुविधासम्पन्न रेष्टुरेन्ट खुल्दै


appharu

१२ जेष्ठ २०७९, बिहीबार १३:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको हिलपार्कमा थ्रीडी सेल्फी स्टुडियोसहितको ‘हिलपार्क भ्यू रेष्टुरेन्ट’ खुल्ने तयारीमा छ ।

समाजसेवी ओमी पुन,सुमित्रा शर्मा, टोपचन पुन, बसन्त थापा, हङकङमा बस्दै आएका टंक तरामु,तेजकुमार गाहा,सुरेश गलामी मगर,लगायत १५ जनाको लगानीमा हिलपार्कको बालउद्यान र पार्किङ स्थल छेउमा रेष्टुरेन्ट खुल्न लागेको हो । थ्रीडी स्टुडियोसहितको रेष्टुरेन्ट यो नै लुम्बिनी प्रदेशमा पहिलो हुने लगानीकर्ताहरुको दावी छ ।

२० वर्षका लागि लिजमा लिइएको साढे ३ कठ्ठा मध्ये ३६ सय स्क्वायरफुट क्षेत्रफलमा २ तले रेष्टुरेन्ट बन्न लागेको हो । जसमा माथिल्लो तलामा २ सय जना क्षमताको सेमिनार हल र वरिपरि दृश्यावलोकनका लागि आकर्षक बार्दली रहने बसन्त थापाले जानकारी दिए । जाडो मौसममा हटपट र बीबीक्यूको समेत व्यवस्था हुने यो रेष्टुरेन्ट आउंदो साउन सम्म सञ्चालनमा आउने र सञ्चालनमा आएपछि हिलपार्कको पर्यटन विकासमा ठूलो योगदान पुग्ने सञ्चालकहरुको दावी छ । रेष्टुरेन्ट निर्माणको काम धमाधम भइरहेको छ । हिलपार्कमा बुटवल उपमहानगरपालिकाले बिग बुद्ध बनाउने प्रकृयामा छ भने आदिवासी जनजाति संग्रहालय पनि बन्दै छ ।

प्रतिक्रिया दिनुहोस्