कपिलवस्तुमा दुर्घटनामा दुई जनाको मृत्यु


पालिका पत्र

१३ बैशाख २०८३, आईतवार १७:२९ मा प्रकाशित

कपिलवस्तु, १३ बैशाख ।

कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कर्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बहादुरगन्ज(तौलिहवा हुलाकी सडक खण्डअन्तर्गत गएराति कपिलवस्तु नगरपालिका १२ पिप्रराहवामा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

बहादुरगंज तौलिहवा हुलाकी सडक खण्डअन्तर्गतको पिप्ररहवामा रोकिराखिएको ट्रकमा बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको युपि ३२ सिए ८३४३ नम्बरको भारतीय स्कार्पियो ठोक्किँदा सो दुर्घटना भएको थियो ।

उक्त स्कर्पियो सडक किनारमा रोकि राखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका(११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका(६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ ।

दुवैको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते तीन जनाको उपचार जारी रहेको र खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्