जेष्ठ नागरिकलाई सेवा सुविधाबारे सचेतना कार्यक्रमसम्पन्न


पालिका पत्र

28 April, 2026 7:03 pm मा प्रकाशित

कपिलवस्तु, १५ वैशाख ।
वाणगंगा नगर कार्य समितिको आयोजनामा जेष्ठ नागरिकलाई प्रदान गरिने सेवा सुविधा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ नागरिक समाज नेपाल नगर कार्यसमितीका अध्यक्ष भेषराज कुवरको अध्यक्षता, वाणगंगा नगरपालिका का नगरप्रमुख चक्रपाणी अर्यालकोे प्रमुख आतिथ्यता, केन्द्रीय जेष्ठ नागरिक समाज नेपाल का वरिष्ठ सल्लाकार चन्द्र कान्त अर्याल र वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र वेल्वासेको विशिष्ट आथिथ्यतामा सम्पन्न भएको हो । वाणगंगा नगरपालिका का नगरप्रमुख चक्रपाणी अर्यालले कार्यक्रमको उद्घघाटन गर्नु भएको हो । साथै नगरप्रमुख अर्यालले जेष्ठ नागरिकको हक अधिकारको वारेमा जानाकारी गराउँदै नगरबाट हुने सेवा प्रवाहमा आफु प्रतिवद्ध रहेकोे बताउनु भएको थियो ।
प्रसिक्षक को रूपमा वडा नं. ८ का पूर्व वडा अध्यक्ष गुणानिधी भुसाल र पुस्कर भुसाल रहनु भएको थियो ।
वाणगंगा नगरपालिका वडा नं. ७ स्थित जेष्ठ नागरिक भवनमा आयोजित उक्त कार्यक्रममा सरकारले घोषणा गरेका विभिन्न सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ताको सही र प्रभावकारी सदुपयोगबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य मार्फत प्रसिक्षक गुणानिधी भुसालले सम्मानित जेष्ठ नागरिकलाई राज्यद्वारा संविधानतया प्रदान गरिने घोषित सेवा सुविधा वारे जानाकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता प्रयोग गर्दा ध्यान दिनुपर्ने विषय, आफ्ना अधिकार तथा जिम्मेवारीका बारेमा प्रसिक्षक पुस्कर भुसालले प्रष्ट पार्नु भएको थियो।
वक्ताहरूले जेष्ठ नागरिकहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका प्रतिनिधि तथा जेष्ठ नागरिक, पत्रकार र समाजसेवीको उल्लेख्यनिय उपस्थिती रहेको थियो ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जेष्ठ नागरिकहरूलाई आफ्नो हक–अधिकारप्रति सचेत बनाउनु र प्राप्त सेवाहरूको सही उपयोग गर्न प्रेरित गर्नु रहेको छ। कार्यक्रममा भजन कृतन पनि भएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक नेपाल वाणगंगा ८ वडा समिती सदस्य जीवलाल कंडेल को स्वागत मन्तव्य र जेष्ठ नागरिक नगर समिति सचिव केशवराज आचार्यको सञ्चालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्