पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांण निर्वाचित भएका छन् । नेकपा एमालेका मोहन चापागाईलाई ७ सय ६५ मतान्तरले पराजित गर्दै खांण विजयी भएका हुन् । खांणले २४ हजार ३ सय ९६ मत पाएर निर्वाचित हुंंदा चापागाईले २३ हजार ६ सय ३१ मत पाए । मेयरमा निर्वाचित खांण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसंग पराजित भएका थिए । कांग्रेसले यसपटक माओवादी केन्द्रसंग गठबन्धन गरेको थियो ।
उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरी चौधरी माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतको अन्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुदा पाण्डेले ११ हजार ५ सय ४६ मत पाएका छन् । ८५ हजार ७ सय ४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।
तिलोत्तमाको मेयर पदमा तेस्रो स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका सुन्दर गुरुङले ५६१४, राप्रपाका भुवन खनालले ३३३८,नेकपा एकीकृत समाजवादीकी आशाकुमारी चौधरीले ७४३,जनमत पार्टीका राजेन्द्र थारुले ५९८,जसपाका गुरुदेव कहारले ३४४,विवेकशील साझाका डा। अमित केसीले ३३९ र राष्ट्रिय जनमोर्चाका रुकबहादुर पराजुलीले ४८ मत पाए ।
यस्तै उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीका गिता सारुले ७६०८,राप्रपाकी मन्जु चौधरीले ४८६१,नेकपा एकीकृत समाजवादीका सन्जिव भण्डारीले २४७२ मत पाएका छन् ।
कुन वडा कस्ले जित्यो ?
१७ वटा वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । अघिल्लो चुनावमा एमालेले १४ वटा वडा र कांग्रेसले ३ वटा वडा मात्र जितेका थिए । वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका डिलबहादुर भट्टराई, ३ मा कांग्रेसकै कल्याण पौडेल, ४ मा एमालेका हरि बहादुर क्षेत्री र ५ मा कांग्रेसका रमेश डुम्रे बिजयी भएका छन् ।
यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्र्ेसका ध्रुव न्यौपाने, १० मा एमालेका गेपाल प्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै सहदेव थारु निर्वाचित भएका छन् । वडा नंंं। १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसका अश्विन पौडेल, १५ मा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुषाल र १७ मा पनि कांग्रेसकै दान बहादुर चौधरी बिजयी भएका छन् ।