युवा उद्यमी मञ्च बुटवल अध्यक्षमा निरज लाकौल निर्वाचित


appharu

१७ जेष्ठ २०७९, मंगलवार १६:५२ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल युवा उद्यमी मञ्च बुटवलको अध्यक्षमा निरज लाकौल निर्वाचित भएका छन् । जसको निवर्तमान अध्यक्षमा प्रदिप शाक्य
प्रथम उपाध्यक्षमा सन्देस श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रिशभ वझा निर्वाचित भएका छन् । यस्तै कार्यकारिणी सदस्यहरुमा आदर्श श्रेष्ठ,शैलजा श्रेष्ठ,अनिस कसौधन,प्रतीक कसजु,शायेना श्रेष्ठ,राजिव श्रेष्ठ,सुमन बश्याल,सुमित वझा र सुमित श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रम बुटवलका नवनिर्वाचित मेयर खेलराज पाण्डेयको प्रमुख आतिथ्यता र नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यसमितिको कार्यकाल एक वर्ष मात्र हुने संस्थाको विधानमा व्यवस्था छ । युवा उद्यमी मञ्च बुटवल च्याप्टरमा ७२ जना युवा उद्यमीहरु आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्