जनभावना माविमा जनप्रतिनिधिहरुलाई सम्मान


appharu

२० जेष्ठ २०७९, शुक्रबार १४:०२ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयले वडा नं. ८ मा निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल तथा वडा सदस्यहरु कमलकान्त गौतम, कमला पराजुली, खुमबहादुर खासु र सावित्री दमाईलाई सम्मान तथा बधाइ ज्ञापन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. लाल बहादुर थापा, विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अविर, माला र खादाले सम्मान सहित बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं समाजसेवी दिपकराज घिमिरेले आफ्ना बुवा खिमानन्द घिमिरे र आमा गौरीदेवी घिमिरेको स्मृतिमा कक्षा ६ देखि १० सम्मका २५ जना जेहन्दार विद्यार्थीलाई एक वर्ष सम्मका लागि पुग्ने गरी कापी तथा कलम प्रदान गर्नुभयो ।

कार्यक्रममा समाजसेवी घिमिरेले नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरु मध्ये सर्वोत्कृष्ट अंक ल्याउने एक जनालाई स्टेशनरी, पोशोक, जुत्ता लगायत वर्ष भरिको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा समेत गर्नुभयो । यस्तै नवनिर्वाचित जनप्रतिनिधिहरुले नेपाली माध्यममा अध्ययनरत ५ जना गरिव तथा जेहन्दार विद्यार्थीको एक वर्षको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने बताउँदै विद्यालयको शैक्षिक उन्नयनका लागि आफूहरु सधै लागि परेको र आगामी दिनमा पनि लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. लालबहादुर थापाको अध्यक्षता, प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीको स्वागत, शिक्षक शालिकराम भुसालको सञ्चालनमा भएको कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद पौडेललगायतका जनप्रतिनिधिहरुले समेत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्