सैनामैनाको कार्यपालिकामा कांग्रेस–माओवादी गठबन्धन अल्पमतमा


appharu

२० जेष्ठ २०७९, शुक्रबार १५:१३ मा प्रकाशित

पालिकापत्र,सैनामैना । रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको पक्षमा वहुमत पुगेको छ । नगर प्रमुख जितेको नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अल्पमतमा परेको छ । शुक्रबार ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् ।
निर्वाचनबाट एमालेका टेक बहादुर बिश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सिता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।
सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना सदस्य नेकपा एमाले र कांग्रेस–माओवादी गठबन्धनका ५ जना मात्रै भएका छन् । यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा र गठबन्धनको १७ जना सदस्य रहेका छन् । सैनामैना नगरपालिकाका नगर प्रमुख सहित ४ जना वडा अध्यक्ष र १२ जना वडा सदस्य कांग्रेस–माओवादी गठबन्धनले तथा उपप्रमुख सहित ७ जना वडा अध्यक्ष र ३२ जना वडा सदस्य एमालेले जितेको थियो ।
तस्वीर : टिका खरेलको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्