रुपन्देहीको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्य,२३ घाइते


appharu

२२ जेष्ठ २०७९, आईतवार ०६:५२ मा प्रकाशित

पालिकापत्र, रोहिणी । परासी–भैरहवा सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउंपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये एकजना महिला र ८ जना पुरुष हुन् ।जनकपुरबाट भैरहवा तर्फ आउदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेर दुर्घटना भएको हो । १५ जना गम्भिर घाईते छन । ९ जनाको अवस्था मध्यम र २ जना सामान्य रहेको छ । ३४ जना मध्ये २६ जना पुुरुष, ६ महिला र २ बालिका रहेको प्रहरीले जनाएको छ ।आइतबार विहान करिब साढे ४ बजे भएको थिए । घाइते मध्ये उपचारको क्रममा ५ जनाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भिम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टी गरे । मृतकको सनाखत हुन बांकी छ । दुर्घटनामा घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघि पनि पटक पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । पुल मोडमा रहेको कारण पनि चालकहरु झुक्किएर तथा रात्री बसका चालकहरु निदाएका कारण दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्