सदस्यको मृत्युपछि ग्रील तथा स्टिल व्यवसायी संघद्वारा परिवारलाई २ लाख राहत प्रदान


appharu

२३ जेष्ठ २०७९, सोमबार ०६:४५ मा प्रकाशित

पालिकापत्र,बुटवल । ग्रील तथा स्टिल ब्यवसायी संघ रुपन्देहीले संघका सदस्य व्यवसायीको मृत्यु भएपछि परिवारलाई २ लाख रुपैयां राहत स्वरुप प्रदान गरेको छ । संघको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कार्यस्थलमा भवितब्यका कारण मृत्युवरण गरेका तिलोत्तमाको मणिग्रामस्थित ू छवि एण्ड सन्स ग्रिल उद्योगू का संचालक स्वर्गीय नारायण चौधरीको परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ प्रदान गरिएको हो । बुटवल मैनाबगरस्थित संघको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा मृतकका पत्नी श्रीमती कृष्णा कुमारी चौधरी र छोरा जगदीश चौधरीलाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा ग्रील तथा स्टिल ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहन प्रसाद भट्टराई, निवर्तमान अध्यक्ष एवं स्थायी समिति सदस्य तुल बहादुर सारु,पुर्व अध्यक्ष दिल बहादुर राना, उपाध्यक्षहरु राम प्रसाद पाण्डे,दिल बहादुर सुनार, महासचिव ध्रुवमणि ज्ञवाली, कोषाध्यक्ष कृष्ण प्रसाद पोखरेल, सहसचिव बुद्धि प्रसाद गुरुङ, सामाजिक सुरक्षा कार्यक्रम संयोजक विनय खनाल,कार्यसमिति सदस्यहरु बोम बहादुर थापा, अशोक चौधरी, रमेश सुबेदी बुटवल संयोजक मदन घर्ती मगर ,सैनामैना उप९संयोजक नवराज ज्ञवाली, नगर सदस्य काशीनाथ पौडेल लगायत बुटवल, सैनामैना, शुद्धोधन र सियारी नगर समितिका पदाधिकारी तथा सदस्य ब्यवसायीहरुले मृतक चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका थिए । सो अवसरमा संघको सामाजिक सुरक्षा कार्यक्रमलाई अझ ब्यापकताका साथ ९बिस्तार गर्दै लैजानु पर्ने बिषयमा छलफल गरिएको अध्यक्ष मोहन भट्टराईले जानकारी दिए । संघले दिएको रकमले परिवारलाई राहत मिलेको मृतकका छोरा जगदिश चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्