रुपन्देहीको रोहिणी बस दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो,घाइते २३ जना को को हुन् ?


appharu

२३ जेष्ठ २०७९, सोमबार ०९:२१ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । रुपन्देहीको रोहिणीमा आइतबार भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीका अनुसार मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादव रहेका छन् । यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दासको मृत्यु भएको छ ।
घाइते २३ जना १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चालक निदाएको कारणले उक्त दुर्घटना भएको धेरैको अनुमान छ । चालक निदाएर अथवा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताए ।
घटनास्थलमा उद्धारमा संलग्न रोहिणी गाउंपालिका वडा नंं २ का वडाध्यक्ष करम खानले चालक निदाएर ब्युंझिंदा अनियन्त्रित भएर दुर्घटना भएको घाइते यात्रुहरुले आफूसंग बताए जानकारी दिए । दुर्घटनामा परेको बस पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलमा आवद्ध छ ।
घाइतेहरुको नामवली
१. जिल्ला धनुषा हंसपुर न.पा.–३ बस्ने बर्ष १८ को मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.–१३ बस्ने बर्ष १८ को रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने बर्ष १८ को सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने बर्ष १५ को बरुण चौधरी ।
५. जिल्ला सिराहा, सिराहा न.पा.–९ बस्ने बर्ष ३१ को राकेशकुमार दास ।
६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी । (सह–चालक)
७. जिल्ला धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने बर्ष ३९ को बिनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का बर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने बर्ष १६ को सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने बर्ष ३६ को सुमन क्षेत्री । (बस चालक)
११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने बर्ष २० को राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने बर्ष २२ को वकिल दास हात ।
१३० भारत जनकपुरग्राम बस्ने बर्ष २८ को गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने बर्ष ६० को जयाप्रसाद चापागाई ।
१५. जिल्ला झापा बस्ने बर्ष ५६ कि तुलसा चापागाई ।
१६. भारत बस्ने बर्ष ३२ कि सिता शर्मा ।
१७. भारत बस्ने बर्ष ५ कि सन्दिपा शर्मा ।
१८. भारत बस्ने बर्ष ४ को यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने बर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने बर्ष २२ को बिपिन बस्याल ।
२१. जिल्ला रौतहट श्रीनगर बस्ने बर्ष २२ को रामजनम दास ।
२२. जिल्ला धनुषा जनकपुर बस्ने बर्ष २२ कि रिंकी यादव ।
२३. जिल्ला महोत्तरी बस्ने बर्ष २९ को साबिर अन्सारी ।

प्रतिक्रिया दिनुहोस्