असारदेखि आइतबार विदा नहुने


appharu

२३ जेष्ठ २०७९, सोमबार १९:०९ मा प्रकाशित

?????????????????????????????????????????????????????????

पालिकापत्र,काठमाडौं । आउदो असार १ गतेदेखि आइतबार सार्वजनिक विदा नहुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । सोमबार मात्रै दुई दिन विदा दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्