संघीय सरकार मार्फत कपिलवस्तुका कुन पालिकाले कति बजेट पाए ?


appharu

२५ जेष्ठ २०७९, बुधबार ०९:२८ मा प्रकाशित

पालिकापत्र, तौलिहवा ।
कपिलवस्तु जिल्लाका पालिकाका लागि संघीय सरकारले ५ अर्व १८ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९/०८० का लागि जिल्लाका १० पालिकामा सो बजेट आएको हो ।

जसमध्ये सबैभन्दा बढी बजेट बाणगंगा नगरपालिकाले पाएको छ । बाणगंगाले संघीय सरकारद्धारा ६९ करोड ७१ लाख बजेट पाएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकाले ५९ करोड ८१ लाख, कृष्णनगर नगरपालिकाले ४८ करोड ८५ लाख, बुद्धभूमि नगरपालिकाले ५८ करोड ९० लाख, महाराजगञ्ज नगरपालिकाले ५१ करोड २१ लाख बजेट पाएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख, मायादेवी गाउँपालिकाले ४४ करोड १२ लाख, यशोधरा गाउँपालिकाले ४२ करोड ४८ लाख, बिजयनगर गाउँपालिकाले ४० करोड ६८ लाख बजेट पाएको छ भने सबैभन्दा कम कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले ३५ करोड ९३ लाख बजेट प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्