जिसस कपिलवस्तु संयोजकमा गोला प्रथावाट एमाले विजयी


appharu

२७ जेष्ठ २०७९, शुक्रबार १८:०० मा प्रकाशित

पालिकापत्र,कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका वावुराम आचार्य बिजयी भएका छन्। उप प्रमुखमा एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन्। संयोजकका लागि भएको चुनावमा दुबैजनाको १०–१० मत आएपछि गोला प्रथावाट आचार्य विजयी भएका हुन् ।

त्यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्य को गोला तानेर परिणाम आएको छ। जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी ,मनोब्ब्र धुनिया, रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।

कांग्रेस कि सुनिता चमार, माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन्। यस्तै गरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भन्डारी ,सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्बाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्