दुधराक्ष क्लबद्वारा आगलागीमा परेको कपास उधोगलाई आर्थिक सहयोग


appharu

२८ जेष्ठ २०७९, शनिबार २०:३१ मा प्रकाशित

पालिकापत्र, सैनामैना । रुपन्देहीको सैनामैना ६,कलौनीमा रहेको दुधराक्ष युवा क्लबले दुइृ दिन अघि आगलागीमा परेर ठूलो क्षति ब्यहोरेको सैनामैनाको कपास उद्योगलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । आगलागी हुँदा ८६ लाख भन्दा बढी क्षति भएको सैनामैना वडा नं. ७मा रहेको शिव भवानी कपास उद्योगका सञ्चालकलाई क्लबले राहत स्वरुप दश हजार रुपैयां आर्थिक सहयोग गरेको हो । क्लबका अध्यक्ष किरण पोख्रेल,निबर्तमान अध्यक्ष बिष्णु पाण्डेले कपास उद्योगका सन्चालक जगन्नाथ भण्डारीलाई रु १० हजार हस्तान्तरण गरेका हुन् । सो अबसर पारेर क्लबको टिमले आगलागीबाट क्षतिग्रस्त कपास उद्योगमा सरसफाई समेत गरेका थिए ।
सो कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष किरण पोख्रेलले क्लबले राहत स्वरुप आर्थिक सहयोग गरेको बताउँदै आपत परेको बेला सामाजिक संस्थाले सहयोग गर्नु पर्नेमा जोड दिए। कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष बिष्णु पाण्डेले ब्यक्तिगत रुपमा कपास उद्योगलाई ५ हजार सहयोग गर्दै विभिन्न सामाजिक संस्थाले पनि बिपतको बेला उद्धार र राहतमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्