पालिकापत्र,इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृह जिल्ला इलामको जिल्ला समन्वय समिति जिसस गठनमा दुवै पार्टीले तालमेल गरि बिजयी हासिल गरेका छन् ।
९ सदस्यीय जिससमा एमालेबाट प्रमुखसहित २ खुला र २ महिला सदस्य, नेकपा एसबाट उपप्रमुखसहित १ दलित महिला सदस्य र १ महिला सदस्य तथा जसपाबाट १ खुला सदस्य बन्नेगरी सहमति जुटेको थियो ।
जस अनुसार गठबन्धनबाट एमालेले पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश राईलाई जिसस प्रमुख बिजयी भएका छन् । खुला सदस्यमा रामप्रसाद सदेम्बा सेर बहादूर खालिङ र प्रेमराज गुरुङ तथा महिला सदस्यमा मीनाकुमारी राई र सीता कार्की उम्मेदवार बिजयी भएका छन् ।
नेकपा एसले उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार बनाएको थियो । तर, आफ्नो भागमा परेका उपप्रमुख, दलित महिला सदस्य तृष्णा लोहार र महिला सदस्य सपनादेवी राई सेर्पा बिजयी भएका छन् । जिल्लाभरका सबै पालिकाका प्रमुख र उपप्रमुख जिसस गठनका लागि मतदाता रहन्छन्। जिल्लाका १० पालिकाका २० प्रमुुख र उपप्रमुखमध्ये एमाले एक्लैको १० मत थियो। कांग्रेसको ७, नेकपा एसको २ र जसपाको १ मत थियो। एमाले नेकपा एस र जसपा गठबन्धन हुँदा यो गठबन्धनको बहुमत १३ मत पुगेको थियो । नेपाली काग्रेसबाट जिसस प्रमुखमा विमल बैद्य, उप–प्रमुखमा कमला दाहाल अधिकारी उमेद्धवार चयन गरेको थियो ।