ज्ञानगंगामा पाठशालामा क्याप्टेनको निर्वाचन


appharu

११ असार २०७९, शनिबार ०७:२९ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ४ मा अवस्थित ज्ञानगंगा पाठशालामा शैक्षिक सत्र २०७९ का लागि चुनावी प्रक्रियाद्धारा स्कुल क्याप्टेन र भाइस क्याप्टेन छनोट गरेको छ । कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।

क्याप्टेनका लागि ४ र भाइस क्याप्टेनका लागि ४ जना प्रतिष्पर्धी रहेको उक्त निर्वाचनमा कक्षा १० का निकेश मल्ल क्याप्टेन र कक्षा ९ कि अञ्जुम बेगम भाइस क्याप्टेनमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रीमणी न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालयले राष्ट्रि««य निर्वाचनकै झल्को दिने गरि एक हप्तादेखी चुनावी प्रक्रिया थालेको थियो । गत सोमबार मनोनयन दर्ता गराएर सम्पुर्ण प्रक्रिया पुरा गर्दै बुधवार मतदाताको अन्तिम नामाबली प्रकाशन र शुक्रबार बिहानबाट मौन अवधि लागु गरि दिउँसो निर्वाचन कार्यक्रम सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिलन रानाले जानकारी दिनुभयो ।

प्रजातन्त्रमा चुनावी प्रक्रिया कसरी हुन्छ ? मतदान कसरी गर्ने ? आफुले चाहेको प्रतिनिधि कसरी छनोट गर्ने? भन्ने जस्ता विषयमा विद्यार्थीहरुलाई प्रत्यक्ष अनुभव गराउन चुनावी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

चुनावी प्रकृयाबाट निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनले विद्यालयका सम्पुर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै शैक्षिक तथा अतिरिक्त गतिबिधिमा विशेष भुमिका निर्वाह गर्ने विद्यालयले जनाएको छ ।

प्रत्यक्ष सिकाई र औपचारिक शिक्षा दिनेमात्र नभई विद्यार्थीलाई बिभिन्न भुमिका र जिम्मेवारी प्रदान गरि नैतिक र सामाजिक बनाउनका लागि सो विद्यालयले बेलाबेलामा रचनत्मक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्